स्थानीय तहमा सूचिकृत बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिइने

Share:

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा स्थानीय तहमा सूचिकृत बेरोजगार युवालई कम्तिमा १०० दिनको रोजगारी दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । सार्वजनिक निर्माण, सेवा क्षेत्रलगायतमा बेरोजगारलाई न्युनतम सय दिनको रोजगारी दिने पुनले बजेट भाषणमा घोषणा गरेका हुन् ।

उनले भने,‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको छ ।’

कमेन्ट गर्नुहोस्