काठमाडाैं । रक्षा मन्त्रालयको लागि ५९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको छ।
सरकारले नेपाली सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई साढे एक अर्ब बजेट विनियोजन गरेको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेटमा बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन्।
नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइने उनले बताए।
त्यस्तै राष्ट्रिय सेवा दल तालिमलाई स्थानीयस्तरसम्म विस्तार गरिने भएको छ।
कमेन्ट गर्नुहोस्