बजेट २०८१: स्वदेशी उद्योगको संरक्षण गर्न कच्चा पदार्थमा लाग्ने भन्सार महसुल एक तह कम गरिने

Share:

काठमाडाैं । मंगलबार २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योगले आयात गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार महसुलभन्दा तयारी वस्तुको आयातमा लाग्ने महसुल कम्तीमा एक तह कम गर्ने  बताएका हुन्।

त्यस्तै, औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, स्यानेटरी प्याड, काजु, बदाम प्रशोधन तथा स्प्रिङ पत्ता बनाउने उद्योगलाई आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क घटाइएको छ।

स्वदेशी उद्योगको संरक्षण गर्न केही वस्तुको आयातमा लाग्ने भन्सार महसुल र अन्त:शुल्क बढाइएको छ।

कमेन्ट गर्नुहोस्