काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा संघीय सरकारले प्रत्येक पालिकाको केन्द्रमा एउटा डाउन टाउन बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
स्थानीय तहसँगको समन्वय र सहकार्यमा डाउन टाउन बनाउन लागिएको हो । यस्ता डाउन टाउनमा स्थानीय मौलिकता झल्कने गरी कार्य गरिने पनि अर्थमन्त्री पुनले जानकारी दिए ।
उनले यो कार्यक्रमको लागि बजेट रकम भने खुलाएनन् ।
कमेन्ट गर्नुहोस्