महिनावारी सुरक्षित बनाउनका लागि राज्यले बिदाको व्यवस्था गर्नुपर्छ- मन्त्री चौधरी

Share:

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले बिदाको व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा मंगलबार राजधानीमा गरेको साइकल यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले बिदाकोव्यवस्था गर्न पहल गर्ने बताइन् ।

महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेका वर्षझै यसवर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गरेको थियो । यसवर्ष ”महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” भन्ने नाराका साथ मनाइएको छ । यो हरेक वर्षको मे २८ का दिन मनाइन्छ ।

नेपालकै प्याडम्यान भनेर चिनिने एक्स–पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात सात वर्ष पहिले गरेको पहिलो साइकल रयालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताए । उनले यसवर्ष चार सय पचास सहभागीमा ७५ प्रतिसत महिला रयालीमा सहभागी भएको बताए ।

युनिसेफका प्रतिनिधी जिहुनरले महिनावारी स्वच्छतामा मुख्य सरसफाइ नै रहेको बताए । उनले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताए । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने बताइन् । उनले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताइन् । उनले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्यक विद्यालयमा महिनावारी सम्बन्धि सहजिकरण कार्यक्रम गरिरहेको बताइन् ।

राष्ट्रिय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसंग सम्बन्धित रहेकाले वातावरण प्रदुषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताए । उनले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकोले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदुषण घटाउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्