आज फेरि बढ्यो सुनचाँदी मूल्य , तोलाको कति पुग्यो ?

57
0
Share:

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सयले बढेर १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस अघि जेठ ७ गते सुनको  मूल्य  हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको  मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्