नेपालगञ्ज उपमहानगरमा जेठ २० देखि असार ७ सम्म गर्मी बिदा

Share:

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको छ।

शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी बिदा दिइएको हो।

उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन्।

नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियस भन्दा माथि पुगेको छ।

कमेन्ट गर्नुहोस्