काठमाडाैं ।काठमाडाैं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’  सिंगापुर भ्रमणमा जाने भएका छन् । उनले नेपाल सरकारबाट भ्रमणकाे स्वीकृति पनि पाइसकेका छन् ।

मन्त्रिपरिषद्ले आज बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको हाे। आगामी जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वल्र्ड सिटीज समिटमा सहभागी हुन मेयर शाह त्यसतर्फ जाँदैछन्।

सो भ्रमणसम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्