दरबार हत्याकाण्डको २३ वर्ष पूरा

Share:

 काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । आज राजा वीरेन्द्र परिवारकै निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ ।

२०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोली काण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।  दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैंलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि त्यसको अविश्वास र आशंका कायमै छ ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । विभिन्न दलका नेताहरूले सरकार बाहिर रहँदा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि कहिल्यै प्राथमिकता दिएको पाइँदैन ।

कमेन्ट गर्नुहोस्