विदेशी विद्यार्थीलाई नेपाली भाषा, संस्कृति तथा वौद्ध दर्शन अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराइने

Share:

काठमाडौं । मंगोलियाको उलानबाटोरमा सम्पन्न कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८ औँ बैठकमा नेपालले विदेशी विद्यार्थीलाई थप एक छात्रवृत्ति कोटा दिने प्रतिवद्धता जायर भएको छ ।

बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा वौद्ध दर्शन विषयमा अध्ययनको लागि समेत नेपाल सरकारका तर्र्फबाट “यूपी छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा उपाध्यक्ष डा. श्रेष्ठले दक्षिण एशिया तथा दक्षिण पश्चिम एशिया उपक्षेत्रको समूह बैठकको अध्यक्षता गरेका थिए । बैठकले कोलोम्बी प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलोम्बो प्लान अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गरेको छ । साथै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरू बारेमा छलफल पनि भएको छ ।

पछिल्लो समयमा मुख्यगरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानले लागूपदार्थ विरुद्धको अभियान तथा महिला सशक्तिकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्यलगायत २८ राष्ट्रहरु रहेको छन् भने सो संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।

कमेन्ट गर्नुहोस्