काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको छ ।
समूह ए को खेल टेक्सासको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भइरहेको छ ।
सह आयोजक अमेरिकाले आईसीसी विश्वकपमा डेब्यु गर्दैछ ।
क्यानडाले पनि विश्वकपमा आफ्नो डेब्यु गर्दैछ, तर यसअघि आईसीसीको ५० ओभरको क्रिकेट प्रतियोगितामा भाग लिइसकेको छ।
जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजले टी २० विश्वकप संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।
क्यानडको पाँच र सात ओभरमा दुई विकेट गएको छ । ११ ओभर खेल्दा क्यानडाले ९० रन जोडिसकेको छ ।
कमेन्ट गर्नुहोस्