काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा पुगेर सकिएको छ ।
सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमनलाई जितका लागि २२ रनको टार्गेट दिएको थियो । ओमनको एक विकेट लिएर नामिबियाले खेल जितेको छ । ओमनले नामिबियाले दिएको टार्गेट पूरा गर्न सकेन ।
अगाडि ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गर्यो।
अन्तिम ओभरमा चार रन चाहिएको थियो। ओभरको पहिलो बलमा मेहरान खानले यान फ्रायलिंकलाई बोल्ड गरे। दोस्रो बल उनले डट राखे।
तेस्रो बलमा जेन ग्रीनलाई मेहरानले बोल्ड गरे। चौथो बलमा मलान क्रूगरलाई एक रन दिए। पाँचौं बलमा डेविड वीसले दुई रन लिएपछि नामिबियालाई जितका लागि एक बलमा दुई रन चाहिएको थियो।
अन्तिम बलमा रन लिन दौडिएका वीसलाई आउट गर्ने अवसर आकिब इलियासलाई मिलेको थियो। तर, उनले स्टम्पिङ गर्न सकेनन् र खेल सुपर ओभरमा गयो।