काठमाडौं । प्रतिनिधिसभाको संसद बैठकमा सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बाटो बिराएको बताएका छन् ।
उनले मेयर बालेनलाई बाटो बिराएर हिँडेको आरोप लगाएका हुन् । उनले मेयरलाई जेल बसेको विषय मजाकमा नउडाउन चेतावनी पनि दिए । ‘ती नेताहरु जेल बसेकोमा तपाईँ मजाक उडाउने ?’, सांसद भट्टराईले भने, ‘आज केपी ओली जेल बसेको विषयलाई मजाक गर्दै हुनुहुन्छ । यस्तो गर्नु भनेको तपाईँको आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाउँनु हो ।’
मेयर बालेनलाई भट्टराईले लोकतन्त्र ल्याउन योगदान गरेका नेताहरुलाई गालीगलोज गर्दा आकाशमाथि थुकेको जस्तै हुने बताए । उनले बालेनका साइबर ग्याङले आफूहरुलाई गाली गरे पनि त्यो नटिक्ने चेतावनी दिए ।
त्यस्तै उनले काठमाडौं महानगरपालिकालाई कुनै पनि तहमा सहयोग गर्न एमाले तयार रहेको बताएका छन् । उनले बालेनलगायत अन्यले उठाएका भष्ट्राचारको विषयमा छानबिन गर्न एमाले तयार रहेको बताए ।
एमालेका अध्यक्ष केपी ओली र एमाले आधुनिक अभिमन्यू भएको र चक्रभित्र पस्न र निस्कन दुवै आउने उनले बताएका छन् ।