बाहुनतिल्पुङ–चकमके सडक स्तरोन्नति गर्न माग गर्दै सांसद घिमिरेलाई पत्र

Share:

काठमाडौं । सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद श्यामकुमार घिमिरेलाई बाुहनतिल्पुङ सरोकार समाज र बाहुनतिल्पुङ युवा मञ्चले सडकको स्तरोन्नतिका लागि बजेटको व्यवस्थापन गरिदिन माग गर्दै पत्र बुझाएको छ ।

काठमाडौंमा भेटेर सांसद घिमिरेलाई बाहुनतिल्पुङ सरोकार समाज र बाहुनतिल्पुङ युवा मञ्जको तर्फबाट सडक स्तरोन्नति गर्न माग गर्दैै मंगलबार पत्र बुझाइएको हो ।

पत्र बुझ्दै घिमिरेले यस वर्षको बजेटमार्फत उक्त स्थानको सडक स्तारोन्नति गराउन आफू प्रतिवद्ध रहेको जानकारी दिए ।

सिन्धुलीको सदरमुकामदेखि बाहुनतिल्पुङसम्मको सडक २०३६ सालमै बनेर एकपटक सञ्चालनमा आएको भए अहिलेसम्म उक्त भूगोलमा सडकको अवस्था स्तरोन्नति हुन सकेको छैन् ।

बीचमा रोकिएको सडक सञ्चालन गृहयुद्धको अन्त्यसँगै २०६५ सालमा पुनः खनेर गरिएको छ । तर कच्ची सडकको स्तरोन्नति २० वर्ष पुग्न लाग्दा पनि हुन सकेको छैन ।

२०६५ यता चार पटक उक्त स्थानबाट सांसद बन्न त्यही सडकको मुद्दा देखाएर निर्वाचन जितेका सांसदले त्यहाँको सडकको स्तरोन्नति गर्न कुनै पहल गरेको देखिँदैन ।

सडकको स्तरोन्नति नहुुँदा, कृषि, पर्यटन तथा उद्योग, व्यापारमा त्यहाँका नागरिकलाई समस्या भइरहको छ ।

कमेन्ट गर्नुहोस्