गौर नगरपालिकाले जेठमा माग्दैछ बजेट निर्माणमा नागरिकको राय, कसरी सम्बाेधन हाेला माग ?

Share:

रौतहट । गौर नगरपालिकाले बजेट निर्माणको तयारीका लागि जेठमा बल्ल नागरिकको राय माग गरेको छ । योजना आयोगले बनाएको मार्गदर्शन अनुसार बजेट निर्माण गर्न राय माग्ने गाैरकाे समय भने ढिला भएकाे देखिन्छ ।

स्थानीय सरकारमा बजेटले भुईँ मान्छेका मागलाई पनि सम्बाेधन गर्नुपर्ने हुन्छ । भुईँ तहका नागरिकहरुदेखिकाे माग तथा आवश्यकता हेरेर बजेट निर्माण गर्न चैतमै पालिकाले नागरिकदेखि सराेकारवालाहरुकाे राय मागिसक्नु पर्ने हाे । तर गाैरले ढिला गरेर नागरिकहरुसँग राय माग  गरेकाे छ । जे भए पनि नागरिककाे राय माग गर्नु राम्राे र उपर्युक्त विषय हाे ।

संघीय सरकारले बजेट बनाइरहेको चरणमै स्थानीय सरकारहरुमा पनि नयाँ बजेट निर्माणको काम सुरु भएको छ । स्थानीय तहहरुले आउँदो असार १० सम्ममा नयाँ बजेट ल्याइसक्नुपर्ने समय सीमा छ ।

त्यही क्रममा गौर नगरपालिकाले बजेट निर्माणका लागि सबैसँग राय मागेको छ । एक सूचना प्रकाशित गरी गौरले आउँदो आर्थिक वर्षको लागि बजेट निर्माणको तयारी सुरु भएकाले राय उपलब्ध गराउन माग गरेको हो ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…..नेपालको संविधानद्वारा प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान तथा यस नगरपालिकाको दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यसँग मेल खानेगरी नगरपालिकाको आवश्यकता, साधनस्रोतको उपलब्धता, संस्थागत क्षमता समेतको आधारमा आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम एवम् बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु सम्बन्धमा रचनात्मक राय, सुझाव आउँदो जेठ ३० गतेसम्म लिखित वा सोझै वा हुलाक, कुरियर अथवा विद्युतीय माध्यमबाट प्रदान गरी दिनुहुन सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, गैर सरकारी संस्था/विकास साझेदार, सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षक, बुद्धिजीवी, पेशाकर्मी, पत्रकार एवम् सम्पूर्ण आदरणीय नगरबासी दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।’

चैत मसान्तभित्र राय, सुझाव संकलन गर्नुपर्नेमा गौरले अहिले भर्खर राय सुझाव संकलन गरेको छ । यो हेर्दा गाउँपालिकाले सबै काम चरणबद्ध रुपमा नगरेको प्रष्ट हुन्छ ।

यस्तो अवस्थामा नागरिकको चाहना अनुसारका नीति तथा कार्यक्रम बजेटमा समावेश गरेर कार्यान्वयन गराउन गाउँपालिकाले सक्दैन कि भन्ने चिन्ता बढेकाे छ । याेजना आयाेगले गरेकाे मार्गनिर्देशनअनुसार बजेटकाे लागि राय सुझाब चैतभित्रै लिइसक्नुपर्ने हुन्छ । गाैर मात्रै हाेइन देशका विभिन्न स्थानीय तहहरुकाे अवस्था यस्तै रहेकाे छ ।

 

याे पनि पढ्नुहाेस्

यसरी बनाइन्छ स्थानीय तहको बजेट !

कमेन्ट गर्नुहोस्