मेयर चिरिबाबु महर्जनले भने– सूर्यविनायकमा चिडियाखाना सार्न दिँदैनौं, बरु नयाँ बनाउँदा सहयोग गछौं

Share:

ललितपुर । लतितपुरका मेयर चिरिबाबु महर्जनले जावलाखेलको चिडियाखाना सूर्यविनायकमा सार्न नदिने बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडीयाखाना साघुँरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको थियो । त्यहीँ विषयलाई लिएर २०७१ सालमा भक्तपुरमा नयाँ चिडियाखाना बनाउने तत्कालीन मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सूर्यविनायकमा नयाँ चिडियाखाना बनाउने कामको उद्घाटन गरेका थिए । तर पैसाको अभावले अहिलेसम्म सूर्यविनायकमा बनाउने भनिएको अन्तर्राष्ट्रिय चिडियाखाना बन्न सकेको छैन् ।

मेयर महर्जनले आजको कार्यक्रममा जावलाखेलमा धेरै जनावर भएर समस्या आएको भए पनि चिडियाखाना सार्न नदिने बताएका हुन् । उनले भने, ‘आज हाम्रो मन्त्रीज्यु पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्यविनायकमा सार्न दिदैनौ । तपाईंहरु अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाँही हामी सार्न दिँदैनौ ।’

जावलाखेलको चिडियाखानामा धेरै जनावर भएको र पानी, आहारलगायतको समस्या आएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्