मतगणना सकिएपछि मोदीले दिए प्रधानमन्त्रीबाट राजीनामा, तेस्राे पटक फेरि सम्हाल्छन् त कार्यकाल ?

Share:

काठमाडौँ । लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन् ।

मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ । यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ ।

भाजपासहितको गठबन्धनले भने २९२ सिटसहित बहुमत हासिल गरेको छ । सम्पन्न लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपाले एकल बहुमत ल्याउनबाट चुके पछि उनी एनडीए गठबन्धन मार्फत तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्