उपत्यकाकाे फाेहाेर व्यवस्थापनमा संघीय सरकारलाई जिम्मेवार बनाउँदै ‘मेयर्स फोरम’

Share:

काठमाडौं । काठमाडाैं उपत्यकाकाे फाेहाेर व्यवस्थावन गर्न नसकेकाे भनेर विशेष गरी काठमाडाैं महानगरमाथि सधैँ प्रश्न उठ्छ ।

हुन त मेयर बालेन्द्र शाहले काठमाडाैंकाे फाेहाेर व्यवस्थापन गर्ने चुनावी प्रतिवद्धता जनाएकाे भए पनि फाेहाेर व्यवस्थापन गर्न मेयर बालेनलाई ठूलाे चुनाैति थपिएकाे छ । उपत्यकाकाे फाेहाेर व्यवस्थापन काठमाडाैं महानगरकाे मात्रै जिम्मेवारी नभए पनि प्रश्न भने सधैँ काठमाडाैं महानगरमाथि मात्रै उठ्ने गर्छ ।

यही फाेहाेर व्यवस्थापनकाे विषयमा संघीय सरकार र स्थानीय सरकारबीच विवाद पनि हुने गरेकाे छ । त्यही विषयलाई अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘मेयर्स फोरम’का पदाधिकारीहरूले भेट गरेका छन् ।

प्रधानमन्त्रीले आयोजना गरेको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिकाबारे छलफलमा मेयर्स फाेरमका पदाधिकारीकाे सहभागिता भएकाे हाे ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

‘तपाईंहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय संघीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । त्यहीअनुसार सरकारले लगानी बोर्डलाई यससम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा यससम्बन्धी छलफल भई कार्यान्वयन अगाडि बढाउने निर्णय भएको छ। अब यो काम तीव्रसाथ अगाडि बढ्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्न छलफल गरेको हो। तर याे कार्यक्रममा भने मेयर बालेन अनुपस्थित भएका छन् ।

कमेन्ट गर्नुहोस्