दैलेख । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा झुण्डिएका हुन् ।
दैलेखको आठबिस नगरपालिका–६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको जाली खुस्किएर खुट्टा छिरेर पुलमा १४ वटा खच्चर फसेको दैलेख जिल्ला प्रहरी कार्यालयले जानकारी दियाे ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार खच्चरकाे उद्दारका लागि काम गरिरहेकाे छ । दैलेखबाट अछामतर्फ खाद्यान्न ढुवानी गर्ने खच्चरहरू पुलमा फसेका हुन। अहिले झोलुङ्गे पुल बनाउने मिस्त्री बोलाएर फलामको रड लगाइ उद्धार गर्ने प्रयास भइरहेको छ प्रहरीले जानकारी दिएकाे छ । २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।
कमेन्ट गर्नुहोस्