क्यानलाई वाइवाइकाे ६० लाख सहयोग, विश्वकपमा रनदेखि चाैका, छक्का र विकेटमा पनि पुरस्कार

Share:

काठमाडौँ । सीजी फुड्स नेपाल लिमिटेडले अन्डर १९ महिला टिम र समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ क्यानलाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

काठमाडाैंमा एक कार्यक्रम गर्दै सीजीले क्यानसँग ६० लाख रुपैंयाँ दिने प्रतिवद्धतामा हस्ताक्षर गरेकाे छ । सीजीका तर्फबाट चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी र क्यानका तर्फबाट क्यानका सचिव पारस खड्का साे सम्झाैता समाराेहमा सहभाथी थिए ।

विगत दुई दशकदेखि क्रिकेट विकासमा सहयोग गर्दै आएको सीजीको वाइवाइ चाउचाउमार्फत यसपटक अण्डर १९ महिला टिमकाे क्रिकेट विकासमा सहयाेग गर्ने जनाएकाे हाे । ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’का साथ चाैधरी ग्रुपले क्यानलाई ६० लाख रुपैयाँ सघाउने घोषणा गरेको हो ।

वाइवाइले महिला यू–१९ क्रिकेट टिमकाे विकासका लागि ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रुपैंयाँ सहयाेगकाे घोषणा गरेको हो ।

राजधानीमा भएको एक विशेष कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यान सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्रिकेटलाई ६० लाख रुपैंयाँ सहयाेगकाे विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सीजीले टी–२० विश्वकप खेलिरहेको नेपाली टिमका खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार घोषणा गरेको छ ।

जसमा सुपर आठमा पुगे ३० लाख पुरस्कार दिने जनाएकाे छ । त्यस्तै प्रत्येक रन बापत एक हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार, प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतकको ५० हजार, प्रत्येक शतकको एक लाख र नेपाली टिमको प्रत्येक जितमा डेढ लाख रुपैयाँ दिने घोषणा चाैधरी ग्रुपले गरेको छ ।

कमेन्ट गर्नुहोस्