भोजपुर । नेपाल नेत्र ज्योति संघ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना भएको छ ।
संघका सभापति तेज मोक्तानले दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा उपचार सेवा दिने उद्देश्यले आँखा उपचार केन्द्रको स्थपना गरिएको जानकारी दिए ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रुपमा उपचार केन्द्रको उत्घाटन गरेका छन् । उक्त अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको बताए ।
गाउँपालिकाभित्र सात वटा वडा छन् भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने भएका छन् । नेपाल नेत्र ज्योति संघ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताए ।