वीरगन्ज महानगरले लगायाे अनुमति बिना संचालित पाँच विद्यालयमा ताला

Share:

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा अनुमतिबिना संचालित ५ वटा विद्यालयमा मंगलबार शिलबन्दी गरेको छ ।

सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगन्जको नामबाट वीरगन्ज-१२ मुर्ली बगैंचामा अनुमतिबिना संचालन भइरहेको पाइएकाले शिलबन्दी गरिएको महानगरपालिकाका जनसम्पर्क अधिकृत नवराज फुयाँलले जानकारी दिए ।

त्यसैगरी, वीरगन्ज-२६ सुगौलीमा २०५७ सालदेखि अवैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित एएस नलेज एकेडेमीमा पनि सिलबन्दी गरिएको महानगरले जनाएकाे छ ।

वीरगन्ज-१८ भवानीपुरमा संचालित सुरज एकेडेमी अनुमतिबिना नै संचालनमा रहेकोले शिलबन्दी गरिएको छ । त्यस्तै सोही वडामा अनुमतिभन्दा बढी कक्षा संचालन गरेको बुद्ध एकेडेमीमा पनि महानगरकाे टाेलीले शिलबन्दी गरेकाे फुयाँलले पालिका सञ्जाललाई जानकारी दिए ।

कमेन्ट गर्नुहोस्