धनुषाधाम-१ का वडा अध्यक्षको निधन

Share:

जनकपुर  । मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै जोडिएको धनुषाधाम नगरपालिका वडा नम्बर १ का  वडा अध्यक्षको निधन भएको छ।

वडा अध्यक्ष विश्वनाथ यादवको बिहीबार मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको आफ्नो घरमै मृत्यु भएको परिवारजनले जनाएका छन् ।

पेटको आन्द्रामा क्यान्सर रोग लागेका यादवले  नियमित औषधि सेवन गरिरहेका थिए ।  वडाको दैनिक कामकाज गर्दैआएका उनको अचानक मृत्यु भएको  छ । मृतक यादवको  श्रीमति, एक छोरा र दुई छोरी छन् ।

धनुषाधाम नगरपालिका –१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आजै अन्तेष्टि  गर्ने तयारी भइरहेको परिवारजनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्