
काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ तान्ने भएको छ।
बैंकमा देखिएको तरलता व्यवस्थापन गर्न उक्त रकम बैकिङ प्रणालीमा तान्न लागिएको हो। जेठ महिनामा राष्ट्र बैंकले १० औँ पटक बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।
केन्द्रीय बैंकले आजदेखि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रुपैयाँ खिच्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ।
यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले गत जेठ २५ गते ३० अर्ब रुपैयाँ, जेठ २४ गते ४० अर्ब रुपैयाँ, जेठ १८ गते २५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।
कमेन्ट गर्नुहोस्