काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विद्यार्थीलाई पढ्दै–कमाउँदै जाने अवधारणा लागू गरिने भएको छ ।
मेयर बालेन शाहले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि ‘पार्ट टाइम’ काम गर्ने गरी रोजगारी सिर्जना गरिने बताए ।
काठमाडौं महानगरभित्र शैक्षिक संस्थाको चलअचल सम्पत्ति शैक्षिक प्रयोजनमा मात्र प्रयोग गरिने, सामुदायिक सिकाइ केन्द्रलाई पुस्तकालयका रूपमा विकास गरिने, निजी क्षेत्रका गैरसरकारी संस्थालाई पुस्तकालय विकासमा प्रोत्साहन गरिने समेत उनले बताए । विद्यालयको लेखा परीक्षण अब महानगरबाट गरिने बालेनले घाेषणा गरे ।
कमेन्ट गर्नुहोस्