काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । अनावश्यक तडकभडक गरिएकाे भन्दै उनी बैठकमा सहभागी नभई हिँडेकाे स्राेतले बतायाे ।
गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको स्रोतको भनाइ छ ।
खाजाकाे प्याकेटमा चना, फलफुल, जाम-पाउराेटी, अण्डा, आलु भुजुरी आदि थिए । समितिको बैठकमा एक एनजीओले खाजाको प्रायोजन गरेको थियो । स्राेतका अनुसार समितिमा गृहमन्त्रीले ‘यो भन्दा अगाडि यसरी एनजीओबाट खाजा ल्याइएको देखिएको थिएन । यो प्रवृति ठीक भएन ।’ भन्दै बैठक नै बहिस्कार गरेर हिँडेका थिए ।
समितिले आज निजामति सेवा विधयेकका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई निम्याएकाे थियाे ।