कालीकोटको मान्मामा प्रभु बैंकको नयाँ शाखा खुल्यो

66
0
Share:

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका,वडा १ स्थित मान्मामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ३०५ औं शाखा हो ।

प्रभु बैंकले मान्मा शाखा्मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई गुणस्तरीय सेवा दिने उल्लेख गरेको छ ।
हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

बैंकले ३१ लाखभन्दा बढी नागरिकले आफ्नो ग्राहक भएर काम गरिरहेको दाबी गरेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

कमेन्ट गर्नुहोस्