
ललितपुर । महालक्ष्मी नगरपालिकामा स्वचालित जेब्रा क्रसिङकाे लागि जडान गरिएकाे ट्राफिक लाइट सञ्चालनमा आएकाे छ ।
बिहीबारदेखि ललितपुरको महालक्ष्मी नगरपालिकामा स्वचालित जेब्रा क्रसिङकाे लागि जडान गरिएकाे ट्राफिक लाइट सञ्चालनमा आएकाे हाे ।
बाहुनधारा चोक, सानागाउँ भाटभटेनी नजिक र कृष्ण मन्दिर चोकमा स्थानीयहरुलाई बाटो काट्न सहज हुने गरी स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट जडान गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
अब सडक काट्न स्थानीय नागरिकलाई सहज हुने अनुमान गरिएकाे छ ।
कमेन्ट गर्नुहोस्