श्रममन्त्री अर्यालको दाबी– सय दिनमा करोडौं करोड रुपैयाँ ठगी रोक्यौं

Share:

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्री डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेको सय दिन बितेको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेको छ ।

मन्त्री अर्यालले सय दिनमा धेरै काम नगरे पनि केही काममा निक्कै सुधार भएको सुनाए । पत्रकार सम्मेलनमा मन्त्री अर्याललाई सोधिएको थियो– सय दिनमा तपाईँले सम्झनलायक के काम गर्नुभयो ? बताउन सक्नुहुन्छ ?

मन्त्री अर्यालले एक घण्टामा श्रम स्वीकृति दिने व्यवस्था मिलाएको, सामाजिक सुरक्षाको ढाँचामा परिवर्तन ल्याउन काम गरेको, करोडौं–करोड रुपैयाँ ठगी रोकेको, अन्तर्राष्ट्रिय श्रम संगठनमा प्रतिनिधित्व गरेको र भ्रष्टाचार शून्य अभियान सञ्चालन गरेका काम आफ्ना सय दिनमा सम्झनलायक काम भएको बताए ।

श्रमधान मेला सञ्चालनदेखि, बाल श्रमिकको कानुनी ब्याख्यासमेत विषयमा आफ्नो कार्यकालमा सुधार आएको मन्त्री अर्यालले सुनाए ।

उनले सय दिनमा गरेका कामको फेहरिस्त यस्तो छ–

कमेन्ट गर्नुहोस्