गाेली लागेकाे अवस्थामा संसद भवनभित्रै प्रहरी जवान मृत फेला

43
0
Share:

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन् ।

उनले शौचालयमा आफैँलाई गोली हानेको प्रहरी स्रोतले जानकारी दियो । २२ वर्षीय प्रहरी जवान अजित गोलेले संसदको दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको जानकारी प्राप्त भएको छ ।

नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटीमा रहेका थिए ।

ड्युटीकै क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको स्रोतले बतायो । घटनाको कारणबारे अध्ययन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्