मुद्दा चलाउने तयारी भएपछि राजीनामा दिने मुडमा मुख्य सचिव अर्याल, तर किन ?

Share:

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् ।

टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाे छ । त्यही प्रकरणमा मुख्य सचिव अर्याल पनि मुछिएकाे भन्दै अख्तियारले छानबिन थालेकाे थियाे ।

छानबिनकै क्रममा अर्यालविरूद्ध अख्तियारले मुद्दा नै दर्ता गर्ने तयारी थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत याे विषय जानकारी गराइएकाे थियाे । प्रधानमन्त्री प्रचण्ड र अर्यालबीच याे विषयमा पनि कुराकानी भइसकेकाे छ । भ्रष्टाचारको मुद्दा दायर गर्ने भएपछि अर्यालले राजीनामाको तयारी गरेका हुन् ।

शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ ।

आफूविरुद्ध मुद्धा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेका थिए ।

अर्याल सञ्चार सचिव हुदा भएका यी प्रकरणमा अख्तियारले अनुसन्धानपछि डेढ अर्बभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

कमेन्ट गर्नुहोस्