निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई

Share:

काठमाडौँ। मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलाले पाएकी छिन् ।

आइतबार अख्तियारले मदिराको अन्त: शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनालाई मुद्दा दायर गरेको थियो ।

सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वतः वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्