बजेट पास गर्नुपर्ने जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान

Share:

बारा । जीतपुर सिमरा उपमहानगरमा बजेट पेश गर्न बसेको नगरसभाको बैठकमा जनप्रतिनिधिxहरूबीच कुर्सी हानाहान भएकाे छ । कुर्सी हानाहान भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको बजेट स्थगित भएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको हो । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रिएका थिए ।

विवाद बढ्दै गएपछि जनप्रतिनिधिहरूबीच कुर्सी हानाहान भएको थियाे भने बैठककक्ष तनाबग्रस्त बनेको थियाे । भीड नियन्त्रण गर्न नगर प्रहरी नै परिचालन गर्नुपरेको थियाे ।

नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ जनप्रतिनिधिले उठेर बिरोध सुरु गरेका थिए ।

वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर  १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत विरोधमा उत्रिएपछि स्थिति तनाबग्रस्त बनेको हो । तनाव वढ्दै गएपछि मेयरले बैठक स्थगित गरेका छन् ।

कमेन्ट गर्नुहोस्