मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ४८ करोड ७८ लाख ६७ हजार ७१८ रुपैयाँको विनियोजन बजेट सार्वजनिक गरेको छ ।
सोमबार बसेको १४ औ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पालिकाको आगामी आवको लागि विनियोजित बजेट सार्वजनिकरण गरेका हुन् ।
जसमा चालुतर्फ ३३ करोड १२ लाख ४७ हजार रुपैयाँ र पूँजीगत तर्फ १५ करोड ६६ लाख २० हजार रहेको उपाध्यक्ष ठकुरीले बताए ।
पालिकाको नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको छ । आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, बजेट वक्तव्य मध्यकाली खर्च संरचना २०८१ पनि उक्त अधिवेशनले बहुमतले पारित गरेको हो ।
गाउँसभा पालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा बसेकाे थियाे।
कमेन्ट गर्नुहोस्