काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।

उपमेयर सुनिता डङ्गोलले आज नगरसभाको १५ औँ अधिवेशनमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

महानगरले सबैभन्दा धेरै बजेट पूर्वाधार विकासका लागि बिनियोजन गरेकाे छ । महानगरले १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ पूर्वाधारका लागि विनियोजन गरेकाे छ । यो कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४० करोड ४५ लाख, सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बजेट महानगरले छुट्याएको छ । आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने महानगरकाे अनुमान छ ।

महानगरले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरेकाे छ ।

कमेन्ट गर्नुहोस्