
रौतहट । मौलापुर नगरपालिकाले ३९ करोड़को बजेट ल्याएकाे छ । पालिकाले ‘बिजुली- पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रममा जनही ३० हजार रुपैया सहयोग, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरु पनि पारित गरेकाे छ ।
धुँवा चूल्हो मुक्त अभियान, कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान पालिकाका नीति तथा कार्यक्रममा समेटिएका छन् । मौलापुरले “ शून्य कर नीति” तथा “फ्री बिजुली, फ्री पानी” काे नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने जनाएकाे छ ।
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा प्रस्तुत गरेको बजेटमा यस आर्थिक वर्षमा सहरी पूर्वाधार तथा भवन, सडक पुल, सिचाई, नदी नियन्त्रण, फ्री वाईफाईको कार्यक्रम थप प्रभावकारी बनाउने, सञ्चार, ऊर्जा, सामाजिक विकास तर्फ शिक्षा युवा, खेलकुद, स्वास्थ, खानेपानी, सरसफाई, सामाजिक न्याय, कृषि, पशु पंक्षी, मत्स्य, भूमि ब्यवस्था सहकारी, पर्यटन तथा संस्कृति उद्योग बाणिज्य वित्तीय, बातावरण व्यवस्थापनलाई प्राथमिकता साथ समेटिएको छ।