महिन्द्र राय यादव पक्षकाे बैठक सम्पन्न, माओवादीसँग पार्टी एकता गर्न प्रतिवद्व रहेकाे निष्कर्ष

Share:

काठमाण्डाै।  नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको सातौं बैठक अध्यक्ष महिन्द्र राय यादवको अध्यक्षतामा मंगलबार बसेकाे छ ।

बैठकले प्रदेशलगायत तहगत समितिहरू पुनर्गठन/गठन गरी पार्टी संगठन विस्तार र सुदृढ गर्ने निर्णय गरेकाे छ। पार्टी केन्द्रीय समितिको बैठक र निर्णय दुई अध्यक्षको सहमति र उपस्थितिमा गर्नुपर्नेमा २०८० चैत्र ५ गते डा. बाबुराम भट्टराईले अवैधानिक रूपमा एकतर्फी ढंगबाट केन्द्रीय समितिको बैठक बोलाई पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने घोषणासहित केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक समिति घोषणापश्चात् २०८१ ज्येष्ठ १२ गते पुनः आफैंले महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको केन्द्रीय समितिलाई थपघट गरी २०८१ ज्येष्ठ १६ गते अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन गर्नेजस्ता निर्णयहरू अवैधानिक रहेकाे बैठककाे निर्यण छ। उक्त निर्णयहरू अवैध घोषणा गर्न २०८१ असार १३ गते निर्वाचन आयोगमा महेन्द्र राय पक्षधरले निवेदन दर्ता गराएको थियाे ।

डा. बाबुराम भट्टराई पक्षले लिएका निर्णयहरूले पार्टी एकताको आवश्यकता, औचित्य र प्रक्रियालाई न्यूनीकरण र कमजोर नबनाएकाे बैठककाे निष्कर्ष थियाे।

नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बिच पार्टीबीच एकता गर्ने विषयमा पार्टी प्रतिबद्ध रहेको बैठककाे निष्कर्ष छ। साथै बैठकले राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथलबारे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

बैठकले मनसुनजन्य विपद्को सामना गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिने निर्णय गरेकाे छ ।

कमेन्ट गर्नुहोस्