पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने कांग्रेसको निर्णय

40
0
Share:

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गर्दै पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने निर्णय गरेको हो ।

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । कांग्रेसले पनि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह पनि गरेको छ ।

कांग्रेस र एमालेले प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी असार १७ गते गरेका थिए ।

कमेन्ट गर्नुहोस्