सेयर बजारमा झिनो अंकको वृद्धि

49
0
Share:

काठमाडौं । सत्ता परिवर्तनको खबरले हिजो १०२ अंकले बढेको बजार आज झिनो अंकले बढेको छ । नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को विन्दुमा बन्द भएको छ।

आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । आज १०१ कम्पनीको सेयरमूल्य बढेको छ भने १३६ कम्पनीको सेयरमूल्य घटेको छ। आज १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।

आज मञ्जुश्री फाइनान्सकाे सर्वाधिक काराेबार भएकाे छ । यस कम्पनीकाे २३ करोड १ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

आईसीएफसी फाइनान्स,रिलायन्स फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स, साल्ट ट्रेडिङ, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स,समृद्धि फाइनान्सकाे सर्वाधिक काराेबार भएकाे छ ।

कमेन्ट गर्नुहोस्