
काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बिहीबार छापावाल सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्