वीरगञ्ज महानगरमा पारिश्रमिक र सुविधामा एक अर्ब खर्च

Share:

पर्सा। वीरगञ्ज महानगरपालिकाले पाश्रिमिक र सुविधामा करिब एक अर्ब रुपैयाँ खर्च गरेकाे विवरण सार्वजनिक गरेकाे छ ।

आर्थिक वर्ष २०७९/०८० मा वीरगञ्जले पारिश्रमिक र सुविधामा मात्र ९९ करोड ८९ लाख ५३२ रुपैयाँ खर्च गरेको महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यो अघिल्लो आर्थिक वर्ष तुलनामा १८ करोड ४० लाखभन्दा बढी हो । २०७८/७९ मा पारिश्रमिक र सुविधामा ८१ करोड ४८ लाख ४० हजार ५२८ रुपैयाँ पारिश्रमिक र सुविधामा खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्