आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडेर भागिन् !

Share:

एजेन्सी । आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेकी छन् । आइतबारबाट आन्दोलन हिंसात्मक हुँदै गएपछि सोमबार प्रधानमन्त्री हसिना देश छाडेर भागेकी हुन् । उनी सवार हेलिकप्टर भारतमा अवतरण गरेकाे बीबीसीले जनाएको छ ।

केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन आइतबारबाट पुनः चर्किएपछि प्रधानमन्त्री हसिनाले देश नै छाडेर भागेकी हुन् । उनी भारतकाे शरणमै बस्छिन वा अन्य देशमा शरण लिन जान्छिन भन्ने एकीन भने भएकाे छैन् । तर उनी राजनीतिमा नफर्कने समाचारहरु आएका छन् ।

आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।

सोमबार करिब चार लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही क्रममा ढाकामा ६ जनाको मृत्यु भएको छ ।

विजयीभावमा उत्सव मनाइरहेका प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा छिरेर हसिनाकाे तानाशाही शासनकाे अन्य गरेकाे उद्घाेष गरेका  छन् ।

बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने तयारी गरिरहेकाे बताइएकाे छ । सरकारकाे नेतृत्व कसरी हुन्छ भन्ने विषय चासाेका साथ हेरिएकाे छ । काेटाकाे विषयलाई लिएकाे विद्यार्थीले सुरु गरेकाे आन्दाेलनलाई नजरअन्दाज गर्दा हसिना देश छाेडेर भाग्न बाध्य भएकी छिन् । उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत शरणमा गएकाे त्यहाकाे सेनाले देशका नाममा गरेकाे सम्बाेधनमा खुलाएकाे छ ।

कमेन्ट गर्नुहोस्