बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखबीच कैलालीमा भेट

Share:

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच भेटघाट भएको छ । आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाई दिएका छन् ।

सुदूरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि उनले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिएका थिए । लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल भएका देवकोटा आइतबार  गृहजिल्ला कैलाली पुगेका थिए ।

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई  सुदूरपश्चिम प्रदेश प्रमुख, कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाई दिएका थिए । सोही भेटमा प्रदेश प्रमुखहरुबीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्