भंगहा नगरपालिकामा वडा अध्यक्षले पिटे कर्मचारी: सेवा प्रवाह ठप्प

Share:

महोत्तरी । भंगहा नगरपालिकाका कर्मचारीले आफ्नो सहकर्मी जनप्रतिनिधिबाट कुटिएको भन्दै कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

गएको सोमबार वडा नम्बर ९ का मुकेशकुमार यादवले नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

मंगलबारबाटै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी बुधबार पनि काममा फर्किएका छैनन् । अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर विरोधमा उत्रिएका कर्मचारीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग राखेका छन् । माग पूरा नभएसम्म सेवा ठप्प पार्ने चेतावनी कर्मचारीहरूले दिएका छन् ।

जनप्रतिनिधिबाट कर्मचारी पिटिनु दुःखद् भएको भन्दै उनीहरुले भयको वातावरणमा काम गर्न नसकिने तर्क गरे ।

कमेन्ट गर्नुहोस्