मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा उद्योगी र व्यवसायीले धर्ना दिएका छन् । कर वृद्धिको विरोधमा व्यवसायीले पालिका कार्यालयमा धर्ना जारी राखेका हुन् ।
हेटौँडा उपमहानगरपालिकाको राजस्व वृद्धिको निर्णयविरुद्ध व्यवसायीहरु गएकाे मंगलबारदेखि आन्दोलिन भएका हुन् । उनीहरुले मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म पालिकाको कार्यालयमा धर्ना दिएका थिए ।
व्यवसाय कर, घरभाडाको आधार दर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।
आन्दोलित उद्योगी व्यवसायीले वृद्धि गरिएको कर खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । उद्योगी व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरूले ऐक्यवद्धता जनाएका छन् ।
कमेन्ट गर्नुहोस्