काठमाडौं । मंगलबार काठमाडौं महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको महानगरले जनाएको छ । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सडक पेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको महानगरले उल्लेख गरेको छ ।
त्यस्तै, बुधबार मापदण्ड विपरीत सञ्चालन भएका १२ वटा मोटरसाइकल वर्कसपमा ताला लगाइएको महानगरले जनाएको छ ।
कमेन्ट गर्नुहोस्