काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ: ३ देखि ६ महिनाका लागि ४%, ६ महिनादेखि १ वर्षका लागि ५%, १ देखि २ वर्षका लागि ५.५०% र २ वर्षदेखि माथिका लागि ६.२५% ब्याजदर कायम गरेको छ ।
त्यस्तै, संस्थागततर्फ: ६ महिनादेखि १ वर्षका लागि ४%, १ देखि २ वर्ष अवधिका लागि ४.५०% र २ वषदेखि माथिको अवधिका लागि ५.२५% ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै अर्थात् साउनकै ब्याजदरलाई निरन्तरता दिएको हो।
बैंकको बचत खातामा भने ब्याजदर परिवर्तन गरेको छ। जसमा बैंकले न्यूनतम ३% देखि ३.५०% अधिकतम र रेमिट सेभिङमा ४.५०% ब्याजदर निर्धारण गरेको छ । साउनमा न्यूनतम ३.०५% देखि ३.५५% अधिकतम र रेमिट सेभिङमा ४.५५% ब्याजदर कायम गरेको थियो ।