काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ । गाउँपालिकाकाले हिम ताल फुटेकोले बाढी आएको आशंका गरेको छ ।
बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दूधकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकरी देवी पाण्डेले भोटेकोशी साइड थामेमा ठूलो बाढी आएको बताइन् । बाढी आएकाले धेरै घर जोखिममा परेको छ ।
त्यो क्षेत्रमा केही दिनयता पानी परिरहेको तर गाउँ नै डुबाउने गरी बाढी आउने खाले पानी नपरेकाले हिम पहिरो या ताल फुटेको अनुमान छ पाण्डेले गरिन् ।
कमेन्ट गर्नुहोस्