काठमाडौं । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा भएको लुटपाटको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । महोत्तरी जिल्लाको नेपाल–भारत सीमाना नजिक रहेको महोत्तरी गाउँपालिकामा रहेको शाखा कार्यालयमा आज (सोमबार) बन्धुकधारी समूहले कबि ३५ लाख लुटेका छन् ।
दिउँसो करिब १२ः२५ को समयमा ३/४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारी व्यक्तीहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको हो । बैंकका अनुसार उक्त घटनामा कसैलाई पनि कुनै गम्भिर चोटपटक भने लागेको छैन ।
कमेन्ट गर्नुहोस्