सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोबार ?

57
0
Share:

नेपाली बजारमा (बुधबार) सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

सुनको आजको मूल्य हालसम्मकै उच्च हो । यसअघि  गत वैशाख २१ गते सुनको मूल्यले नयाँ उचाइ चुमेको थियो। त्यतिबेला छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

हिजो पनि सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

बजेट सुनको भन्सार दर बढाएको मूल्य बढेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्